2026 April 24/ 02:21: 50am

    धुलिखेल/धुलिखेल नगरपालिका अन्र्तगत आयुर्वेद शाखाले धुलिखेल नगरपालिका भित्र कोभिड १९ संक्रमित विरामीहरु, विरामी निको भएका र विरामी हुनै नदिन शरीरमा शक्ति बढाउने आयुर्वेद वितरण गरेको छ । १ सय २० घर परिवारका लागि आयुर्वेद वितरण गरिने बरिष्ठ कविराज निरिक्षक उषा पौडेलले बताउनु भयो । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुलाई केहि थान नमाुना स्वरुप आयुर्वेदका प्याकेज हस्तान्तरण गरिएको थियो । बरिष्ठ कविराज निरिक्षक पौडेल र बैद्य निरिक्षक सुमनकुमार श्रेष्ठले नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतलाई हस्तान्तरण गर्नु भएको थियो । प्याकेजमा गुडुची चुर्ण, तुलसी चिया, त्रिकुट चुर्ण, एसटी मधु, आमल्की चुर्ण, अश्व गन्धा, मृगमधा सब (सिरफ) झोल राखिएको छ । हरेक चिजलाई विहान र बेलुका आधा चम्चा तातोपानीमा राखेर खान सकिने बैद्य निरिक्षक सुमनकुमार श्रेष्ठले बताउनु भयो । धुलिखेल नगरपालिकाले कोभिड संक्रमित विरामीहरुका लागि भिटामिन लगायतका सामाग्रीहरु घर घर पु-याईएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।