बनेपा/बनेपा नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य चौकी भवन निमार्ण कार्य शुरु भएको छ । नगरपालिका भित्र स्वास्थ्य भवन नभएका वडाहरुमा स्वास्थ्य भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट नगरको प्रस्ताव अनुसारको ५ करोड ४० लाख ५७ हजार रकम बिनियोजन भएको थियो ।
नगरका वडा नम्बर १, ३, ५, ७, ८, ९, १०, ११, १३, र १४ वडामा स्वास्थ्य चौकी भवन निर्माणको कार्य शुरु भएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । नगरले आगामी साउनबाट सबै वडामा सञ्चालन गर्ने गरी भवन र कर्मचारी ब्यबस्थापन गरी नगरका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको नगर प्रमुख बादेले बताउनु भयो । बनेपा नगरपालिका वडा नम्बर ९ र १३ को स्वास्थ्य चौकी भवनको शिल्यान्यास नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको छ । बादेले असार मसान्त भित्रै १० वटै वडामा भवन निर्माण सम्पन्न गरी साउनबाट सञ्चालनमा ल्याउने वताउनु भयो । कार्यक्रममा उप प्रमुख दाहालले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पुरा हुदै गएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, सडक खानेपानी लगाएतका पुर्वाधार विकास र विभिन्न शिपमुलक तालिमहरु नगरबासीहरुलाई प्रदान गर्दै आएको बताउनु भयो । महामारीमा समेत गत वर्ष ९८ प्रतिशत योजना सम्पन्न भएका र आगामी वर्ष समेत कोरोनाका कारण निर्माणमा असर पु¥याए पनि स्वास्थ्य मापदण्ड पुरा गरी विकासका कामहरुलाई तिब्रता दिएको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर सुवाल, वडा नम्बर १३ का अध्यक्ष सुर्यनारायण नापित, वडा सदस्यहरु उपभोक्ता समिति अध्यक्षहरु र स्थानीयको सहभागिता रहेको थियो ।









