2026 April 24/ 02:21: 46am

    बनेपा/बनेपा नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य चौकी भवन निमार्ण कार्य शुरु भएको छ । नगरका वडा नम्बर १, ३, ५, ७, ८, ९, १०, ११, १३, र १४ वडामा स्वास्थ्य चौकी भवन बन्ने भएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । नगरले आगामी साउनबाट सबै वडामा सञ्चालन गर्ने गरी भवन र कर्मचारी ब्यबस्थापन गरी नगरका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको बताउनु भयो । कोरोनाका माहामरीमा समेत विकास निमार्णलाई तिब्रता दिएको बादेले बताउनु भयो ।  बनेपा नगरपालिका वडा नम्बर ५ को स्वास्थ्य चौकी भवनको शिल्यान्यास उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको छ । दाहालले असार मसान्त भित्रै १० वटै वडामा भवन निर्माण सम्पन्न गरी साउनबाट सञ्चालनमा ल्याउने वताउनु भयो । उप प्रमुख दाहालले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पुरा हुदै गएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, सडक खानेपानि लगाएतका पुर्वाधार विकास र विभिन्न शिपमुलक  मुलक तालिमहरु नगरबासीहरुलाई प्रदन गर्दे आएको बताउनु भयो । महामारीमा समेत गत वर्ष ९८ प्रतिशत योजना सम्पन्न भएका र आगामी वर्ष समेत कोरनाले असर गरेको हुदाँ स्वास्थय मापदण्ड पुरयाएर विकासमा कामहरुलाई तिब्रता दिएको बताउनु भयो । 
    कार्यक्रममा सविंधान सभा सदस्य शिला कतिला, वडा अध्यक्ष बलराम अधिकारी, वडा सदस्यहरु उपभोक्ता समिति अध्यक्ष प्रधुम्न थापा लगाएतको सहभागिता रहेको थियो । त्यसै गरी सोहि दिनमा नै वडा नम्बर ७ को स्वास्थ्य चौकी भवनको वडा अध्यक्ष वर्ण शाक्यले गर्नु भएको छ । शाक्यले आफ्नो वडामा १२ मिटर मात्र कालोपत्रे गर्न बाकि रहेकाले आगामी आर्थिक वर्षमा सम्पुर्ण सडकहरु कालोपत्रे सम्पन्न गर्ने निर्वाचनमा गरेका प्रतिबद्धता पुरा हुने वताउनु भयो । अहिले सम्म नगरको विच भएता पनि स्वास्थ्य चौकी नभएकोले उक्त भवन निर्माण गरिएको शाक्यले बताउनु भयो । यस अघि वडा नम्बर १० को वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ११ का शिब थापाले वडामा भवनको शिल्यान्यास गर्नु भएको थियो ।