2026 April 24/ 01:52: 31am

रोशी/रोशी गाउँपालिकाले कोरोना संक्रमिलाई घरमै आइसोलेसनमा बस्दा आबश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । 
गाउँपालिकाका कार्यकारी अधिकृत डम्बरु दाहाले विरामीहरुको घरमै पुगी मास्क, सेनिटाइजर साबुन र औषधिहरु भिटामिन सि, भिटामिन डि, क्याल्सियम, मल्टिभिटामिन, सिटामोल, एसिलक, जिबनजल, जिंक र आबश्यकता अनुसारका एन्टिबायोटिकहरु बितरण गरिएको बताउनु भयो । उक्त स्वास्थ्य सामाग्री वितरण गर्दै मास्क तथा सेनिटाइजरको प्रयोग र प्रयोग पछि सहि तरिकाले डिस्पोज कसरी गर्ने  तथा संक्रमित बिरामीहरुलाई श्वास प्रश्वास सम्बन्धी  जटिल समस्या देखिएमा चाँडो भन्दा चाँडो रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको संयुक्त रुपमा संचालित जनक मावि। मेथिनकोटमा रहेको आइसोलेसनमा उपचारको लागि जान परामर्श दिईएको दाहालले बताउनु भयो ।