पनौती र पाँचखालमा स्वास्थ्य सामाग्री
बनेपा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल काभ्रे शाखाले विपदमा नागरिकहरुको सहयोगका लागि स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । पनौती र पाँचखाल नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
अध्यक्ष विनोद सापकोटाले पनौती नगरपालिका प्रमुख भिम न्यौपाने सहित नगरपालिकाको टिमलाई तीन हजार पिस माक्स र पाँचवटा अक्सोमिटर हस्तान्तरण गरेका थिए । त्यस्तै पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीलाई ३ हजार पिस माक्स र ५ वटा अक्सोमिटर हस्तान्तरण गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघका तर्फबाट विपदमा स्थानीय सरकारको साथमा रहेको अनुभुति गराउन उक्त सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।









