2026 April 24/ 01:52: 31am

    बनेपा/निषेधाज्ञा र शिलका कारण बजार बन्द हुँदा सामुदायीक कुकरहरु भोकै भएका कारण बनेपाका युवाहरुले गत बर्ष जस्तै यस वर्षको लक डाउनमा समेत सामुदायिक कुकुरलाई खाना खुवाउँदै र रोगी कुकुरलाई उपचार गरेका थिए । 
    स्वतःस्र्फुुत रुपमा कुकुरको खाना र उपचार सेवा शुरु गरिएको अभियान्ता रोहित श्रेष्ठले बताउनु भयो । उक्त अभियान रोहित श्रेष्ठको नेतृत्वमा उक्त अभियान शुरु भएको सरराज उप्रेतिले बताउनु भयो । युवाहरुको आफ्नै खर्चमा दैनिक रुपमा २ सय ५० देखि ३ सय हाराहारीमा कुकुरलाई बिस्कुट र रोगिलाइ उपचार गर्दै आएको उप्रेतिले बताउनु भयो ं। उक्त अभियान लकडाउन अबधी भर गर्ने उप्रेतिले बताउनु भयो । अभियानमा सरराज उप्रेती, जलजला सुवाल, सुसन प्रधान, सायल राजबाहक, सृजन मानधर लगायतका युवाहरुको सहभागिता रहेको छ ।