2026 April 24/ 01:51: 40am

    धुलिखेल/धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिकाका अलावा भुम्लु, रोशी, खानीखोला गाउँपालिकाहरुले चिकित्सक र औषधी सहितको आईसोलेसन वार्ड निर्माण गरेका छन् । धुलिखेलले ५०, बनेपाले ५०, पनौतीले ३० वार्डको आईसोलेसन कक्ष स्थापना गरी संचालनमा ल्याएका छन् ।
    पाँचखालले १५, नमोबुद्ध २५, भुम्लु ३०, रोशी २० तथा अन्य पालिकाहरुले आवश्यकता अनुसारको आईसोलेसन कक्ष स्थापना गरेका छन् । धुलिखेल अस्पतालमा १ सय शैया, शिर मेमोरियल अस्पतालमा २० शैया र मेथिन्कोट अस्पतालमा १५ शैया कोभिड १९ का विरामीहरुको उपचारका लागि ब्यवस्थापन गरिएको छ । भेन्टिलेटर अभावका कारण धेरै विरामीहरु उपचारबाट बञ्चित हुने सम्भावनालाई न्यून गर्न त्यस अघि नै उपचारमा विशेष ख्याल पु¥याउने गरी आवश्यक तयारी गरिएको अस्पतालहरुले जानकारी दिएका छन् ।