2026 April 24/ 12:45: 04am

    पाँचखाल/पाँचखालमा १७ विद्यालयका १५ सय १६ विद्यार्थीलाई ब्याग र शैक्षिक सामाग्री वितरण गरिएको छ । नगरपालिका भित्रका भुवनेश्वरीका १ सय ४५, नारायण प्राविका ३६, जनभावना प्राविका ६६, राधाकृष्ण प्राविका ७३, महाँकाल माविका १ सय ५७, आजाद माविका २ सय ४४, भविष्य उज्वलका ४५, झिगनादेवी प्राविका २३, जनज्योती प्राविका १८, भक्रमदेवी माविका  १ सय ३२, ज्ञानेश्वरी माविका १ सय १६, ज्ञानोदयका ९०, राम माविका १ सय ३, जनता माविका १ सय २१, जन जागृति माविका ७३, समाजसुधार प्राविका २२, पलाञ्चोक भगवती माविका ५२ जना गरी १५ सय १६ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी लगायत वितरण गरिएको हो ।
    पाँचखाल नगरपालिका र पाँचखाल उद्योग बाणिज्य संघको समन्वयमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज र गरिबी निवारणको लागि चाईना फाउण्डेशनको सहयोगमा नगरपालिका भित्रका ३४ वटा विद्यालयमा भोला र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी वितरण गरिसकिएको छ । वितरण कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको प्रतिनिधि गौरी दाहाल, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, गरिबी निवारणको लागि चाईना फाउण्डेशनका प्रतिमा पाण्डे र ससम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
गरिबी निवारणको लागि चाईना फाउण्डेशन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले यसअघि ४२ जिल्लाका ७८ हजार ६ सय विद्यार्थीहरुलाई झोला वितरण गरिसकेको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका प्रतिनिधि गौरी दाहालले जानकारी दिए । त्यस्तै गरिबी निवारणको लागि चाईना फाउण्डेशनले देशभर २ लाख व्याग बितरण गरिसकिएको जनाएको छ ।