धुलिखेल/भेटेरिनरी दिवस २०२१ को अवसरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले सरोकारवालाहरुसँग अन्तक्र्रियाको आयोजना गरेको छ । अन्र्तक्रिया कार्यक्रममा अस्पतालका प्रमूख डा. मोगल प्रसाद शाहले भेटेरिनरी अस्पतालले काभ्रे जिल्लाको सन्दर्भमा पुर्र्याएको सेवा र भेटेरिनरी क्षेत्रले कोभिड–१९को महामारीमा खेलिरहेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा. सुदिप हुमागाईँले पशुबाट मान्छेमा सर्ने अन्य थुप्रै रोगहरु रहेको भए पनि कोभिड–१९ पनि पशुसँगको संसर्गबाटै सर्ने मान्यताबाट माथि उठी त्यस्तो निराधार हल्लाबाट सतर्क रही किसानहरुसमक्ष सम्म सरोकारवालाहले सूचना सम्प्रेषण गर्नुपर्ने बताए । उनले यही कारणले गर्दा पनि पशुजन्य उत्पादन कम र खपत ज्यदा हुन पुग्दा पशुजन्य उत्पादनहरुको मुल्य आकासिने गरेको बताए । विज्ञ केन्द्रका बरिष्ठ पशु विकास अधिकृत राजकुमार हुमागाईले सञ्चालन गरेको कार्यक्रममा डा. गणेश बञ्जरा, डा.अमृत कुमार देउजा, डा.दुर्गा पाण्डे, डा.नितेश कार्की र बनेपा नगरपालिकाको पशुपन्छी सेवा शाखाका प्रमुख रामसुन्दर सापकोटा, पनौतीका मणि प्रसाद सापकोटा धुलिखेलका पुरुषोतम हुमागाई, पाँचखालका दत्तप्रसाद गौतम, नमोबुद्ध नपाका चिरव्जीवी शर्मा, मण्डनदेउपुरका ध्रुव पराजुली लगायत गाउँपालिकाको पशुपन्छी सेवा शाखाका प्रमुखहरु उपस्थती थियो ।
भेटेरिनरी दिवस हरेक बर्ष बैशाख ११मा मनाउने गरिँदै आएको छ भने अंग्रेजी तालिका अनुसार अप्रिल पहिलो शनिवार पर्छ ।









