बनेपा/रोटरी सामुदायिक संघको प्रथम राष्टिय भेला चैत्र २४, २५ र २६ गते धुलिखेलमा सम्पन्न भएको छ । भेलामा कैलाली, दाङ, कपिलवस्तु, पर्वत, पोखरा, गोरखा, ललितपुर, काठमाण्डौ, काभ्रे, झापा, इटहरी, विराटनगर गरि ७२ जना सहभगीहरुको उपस्थिती रहेको थियो । रोटरी डिष्टी«क्ट ३२९२ का गर्भनर राजिब पोखरेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्ुजबाट गमलामा पानी सेचन गरि आरसीसीको राष्ट्रिय भेलाको समुदघाटन गरिएको थियो ।
यस भेलामा उत्कृष्ट परियोजना तथा कार्यक्रम सम्पन्न गर्ने रोटरी सामुदायिक संघ (च्ऋऋ) कैलाली प्रथम, आर सी सी बसन्तपुर रुपन्देही दोश्रो, आर सी सी टिगेनी, मध्यपुर तेश्रो, आर सी सी काशीपुर दाङ्ग, चौथो र आर सी सी पिपलचौर नमोवुद्ध पाचौँ भएको थिए ।
सोही अवसरमा आरसीसीका सदस्यहरुबाट उनीहरुको प्रतिभा प्रदर्शनको प्रतियोगीतामा आर सी सी पिपलचौर प्रथम, आर सी सी टिगेनी मध्यपुर दोश्रो, आर सी सी कैलाली तेश्रो, आर सी सी वालुवा चौथो, आर सी सी कपिलवस्तु पाँचौँ भएका थिए ।
आर सी सी का सहभागिहरुलाई आफ्नो गाउँ ठाउँ र समुदायलाई कसरी सम्मुन्नत र खुशी समुदाय बनाउन सकिन्छ, सरोकार र सहयोगीको पहिचान कसरी गर्ने साधन श्रोतको व्यवस्थापन, परियोजना कार्यान्वयन, आदिको बारेमा सहजकर्ता श्री सनत सापकोटा र आर सी सी का राष्ट्रिय संयोजक अशोक कुमार श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापनमा सबै उत्कृष्ट सहभागी आर सी सी र तिनका प्रतिनीधीलाई पुरस्कार तथा प्रमाण पत्र रोटरी क्लब धुलिखेलका अध्यक्ष सुशिल व्यान्जु श्रेष्ठ, पुर्व अध्यक्ष मानिकलाल श्रेष्ठ, अर्को वर्षको निर्वाचित अध्यक्ष जय बहादुर राई र मनोनित अध्यक्ष कमला श्रेष्ठबाट पुरस्कार प्रमाण पत्र र मायाको चिनो वितरण गरिएका थियो भने परियाजनामा उत्कृष्ट हुने आर सी सी कैलालीलाई प्रमुख अशोक व्याञ्जुले पुरस्कृत गर्नु भएको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ धुलिखेलका मनिष योगल श्रेष्ठ आर सी सी पिपलचौरका अध्यक्ष सविना श्रेष्ठ र र रोट¥याक सिखलापुरका सदस्य निशा चापागाईले गर्नुभएको थियो ।









