विश्व पृथ्वी दिवस
पनौती/विश्व पृथ्वी दिवस २०२१ को उपलक्षयमा रोटरी क्लब अफ धुलिखेलको आयोजनामा रोटरी क्लव अफ धुलिखेलले क्लबद्धारा प्रायोजित गरिएका आर सि सि संस्थाहरु आर सि सिपिपल चौर, आर सि सि कैलाली, आर सि सि कुशादेवी तथा किृयटिभ बचत तथा ऋण सहकारी संस्था लिको सहकार्यमा सरसफाई कार्यक्रम, बिरुवा संरक्षण, अन्तरक्रृया कार्यक्रम तथा चित्रकला प्रतियोगिता गरि मनाइएको छ ।
“पृथ्वीलाई पुर्नस्थापित गरौं” भन्ने मुल नाराका साथ विश्वलाई स्वास्थ्य र समृद्ध बनाउने लक्ष्यका साथ यस वर्षको विश्व पृथ्वी दिवस मनाईयो । साथै क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि र आर सि सि पिपलचौर द्धारा जनचेतना मुलक छलफल कार्यक्रम र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । जर्मनबाट आउनु भएका मार्को लुइसिकले प्रतियोगिताको मुल्यांकन गर्नु भएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेसा्रे र चौथो हुन सफल हुनु भएका क्रमश पल्लवी प्रधान, सनी मानन्धर, अनिला मानन्धर र सोनी मानन्धरलाई आरसिसिका राष्ट्रिय सभापति अशोक श्रेष्ठ, सामुदायिक सेवा केन्द«का निर्देशक अनुपकुमार श्रेष्ठ र रोटरी क्लब अफ काभ्रे बनेपाका सह–सचिव डा. सुमन कर्मचार्यद्धारा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो । त्यसैगरी आरसीसी कैलाली र आर सि सि कुशादेवीद्धारा कैलाली र पनौति–कुशादेवी क्षेत्रमा बोेट बिरुवाको संरक्षण, सरसफाई कार्यक्रम र बालबालिकाहरुलाई वन जङ्गलको संरक्षण, प्लास्टिकजन्य फोहोरको व्यवस्थापन र प्रदुषण नियन्त्रण जस्ता सन्देश मुलक कार्यक्रमको आयोजना गरि यस वर्षको विश्व पृथ्वी दिवस मनाएको थियो ।









