बनेपा/पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित पदाधिकारीलाई बेथानचोक जेसीजले बधाई तथा सम्मान गरेको छ । बनेपामा आयोजित कार्यक्रममा बेथानचोक जेसीज तथा उज्यालो महिला समाज नेपालले संयुक्त रुपमा नवनिर्वाचित पदाधिकारीलाइ खादा ओढाई बधाई तथा शुभकामना पत्रसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका निवर्तमान ईन्चार्ज योगेन्द्र तिमल्सिना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङलाई पनि सम्मान गरिएको थियो । प्रहरी प्रमुखद्धय तिमल्सिन र तामाङलाई काभ्रेमा आफ्नो कार्यकाल पुरा गरी विदाई हुन लागेको अवसरमा काभ्रेको शान्ति, सुरक्षा, अमनचयन तथा जिल्लाको ट्राफिक व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै धन्यवाद स्वरुप मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा संघीय प्रहरी इकाइ जनकपरका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी किशोरकुमार दाहाललाई पनि सम्मान गरिएको थियो । उहाँ बागमती प्रहरी कार्यालय काभ्रेको प्रमुख, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सम्मानित पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित पदाधिकारी तथा प्रहरी प्रमुखहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय महासचिव जेसीआई सिनेटर विकास मानन्धर, कार्यक्रमका सभापति बेथानचोक जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी हरिकृष्ण दाहाल तथा उज्यालो महिला समाज नेपालका अध्यक्ष रुकमणी सिग्देलले सम्मान गर्नुभएको थियो । प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय महासचिव जेसीआई सिनेटर विकास मानन्धरले पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिदै आगामी कार्यकाल सफल र रचनात्मक रहोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।









