मनकामनाको वित्तीय साक्षरता र बक्तृत्वकला
बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्थाल बनेपा ४ नालामा वित्तीय साक्षरता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक क्यालेण्डर बमोजिम विभिन्न कार्यक्रम गर्दै आएको मनकामनाले नाला भेगका सदस्यहरुलाई सहभागि गराई सोही क्षेत्रका ५ वटा माध्यामिक विद्यालयलाई समेटी हरेक विद्यालयवाट २/२ जना विद्यार्थीहरुहरुलाई सामाजिक तथा आर्थिक विकासमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको थियो ।
कार्यक्रमको सभापतित्व शिक्षा उप–समितिका संयोजक शम्भु प्रसाद घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहाल रहनु भएको थियो भने विशिष्ट अतिथि संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, पनौती न.पा. कृषि तथा पशुपंक्षी विभागका प्रमुख भेटेरीनरी अधिकृत मणिप्रसाद सापकोटा, बनेपा ३ महिला सदस्य मैया दाहाल, शुभ चामुण्डा मा.वि.का शिक्षक राम प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो । वित्तीय साक्षरता अन्तर्गत संस्थाको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले प्रस्तुती राख्नुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा चण्डेश्वरी मा.वि. की छात्रा प्राप्ती पराजुली प्रथम भएकी थिईन भने दोस्रो स्थानमा शुभ चामुण्डा मा.वि.का छात्र सानु आयुस तामाङ भएका थिए । तेस्रो स्थानमा लिङ्कन इन्टरनेसनलकी छात्रा हुन सफल भएकी थिईन । कार्यक्रममा स्प्रिङ हिल बोर्डिङ स्कुल तथा प्रभात मा.वि.को सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य रामहरि शर्मा दाहालले राख्नु भएको थियो । कार्यक्रममा संस्थाको शेयर सदस्यता प्राप्त गर्न इच्छुक १८ जनालाई संस्थाका कर्मचारीहरुले सदस्यता प्रदान गरेका थिए ।









