2026 April 24/ 12:45: 07am

जमुना सापकोटा/रयाले
    नेकपा एमाले पनौती नगर कमिटी वडा नम्वर १ रयालेको आयोजनामा वन भोज तथा सास्कृतिक कार्यक्रम पुर्व सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बाँस्कोटाले नेकपा एमालेको नेतृत्वमा विकासका कामहरु धेरै अगाडी बढेको बताउनु भयो । बाँस्कोटाले २० वर्षमा हुन नसकेका विकासका कामहरु तीन वर्षमा भएको बताउनु भयो । कुनै दलले गर्न नसकेका कामहरु केपी ओली सरकारका पालामा सम्पन्न भएको उहाँले बताउनु भयो । निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै गएकाले सबै जनताहरुले आगामी निार्वचनमा समेत मुल्याङ्गन गर्न बास्कोटाले आग्रह गर्नु भएको थियो । 
    कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बञ्जारा, बनेपा नगरपालिका प्रमुख रेखा सापकोटा दाहाल, पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोतम अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापा, पाटिका नेता तथा कार्यकर्ताहरु, विधार्थी नेताहरु, शुभचिन्त गरी ८ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रम एमाले नेता रामचन्द्र सापकोटाले सञ्चालन गर्नु भएको थियो ।