धुलिखेल/नयाँ युवा नयाँ सोच सेवा समाज नेपालको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा हजार सिंढि आसपासमा सरसफाई गरिएको छ ।
नयाँ बर्ष २०७८ मा पर्यटकहरुलाई स्वागत गर्दै उक्त हजार सिढीं र आसपासका क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको बताउनु भयो । युवाहरुले नै अगुवाई गरेर सबै क्षेत्रमा सरसफाई लगायत सामाजिक कार्यमा लाग्नु पर्ने धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले बताउनु भयो । नगरपालिका र विभिन्न संघ सस्था संघ समन्वय गरी नगरको समग्र विकासमा साझेदारी गर्ने ब्याञ्जुले बताउनु भयो । ब्याञ्जुले युवाहरुलाई विदेश गए पछि उतै नबसी विदेशमा सिकेको सिपलाई नेपाल आएर प्रयोगमा ल्याउन आग्रह गर्नु भएको थियो । समाज परिर्वतनका सम्बाहक यूवा भएकाले सहि बाटोमा लाग्न समेत ब्यान्जुले आग्रह गर्नु भएको थियो । संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दे आएको ओम श्रोष्ठले बताउनु भयो ।









