सिलाई मेशिन र टनेल प्लाष्टिक
धुलिखेल/धुलिखेल नगरपालिकाले नगर भित्रका महिला दिदिबहिनीहरुलाई सिलाई मेशिन र कृषकहरुलाई टनेल प्लाष्टिक वितरण गरेको छ । नगरप्रमुख अशोक ब्यान्जुले सामान हस्तान्तरण गर्दै उक्त सामानको सहि सदुपयोग गर्न सुझाब दिनु भएको थियो ।
नगरपालिकाले मेयर गरिबी निवारण कोष, महिला परिषद्, दलित, युवा परिषद, अपाङ्गता परिषद् गठन गरी उक्त समिति मार्फत तालिम प्रदान गराएको ब्यान्जुले बताउनु भयो । नगरका जनताको आयस्तर बलियो भए मात्र नगरपालिका बलियो हुने भएकाले जनताहरुलाई सिप प्रदान गरी आत्मनिर्भर बनाउन लागीएको बताउनु भयो । नगरपालिकाले सबै वडामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक र पुर्वाधारको विकास सगै जनताको चेतनाको विकासका लागी समेत तालिमहरु प्रदान गरिएको बताउनु भयो । कार्यक्रममा उप प्रमुख विमला शर्मा चौलागाईले नगरपालिकाले महिला, दलित बालबालिकाहरका लागी विशेष कार्यक्रम मार्फत सम्बोेधन गरिएको बताउनु भयो । नगरपालिकाले दिएका कृषि औजार, सिलाई मेशिनहरुको सहि सदुपयोग गरी आत्मनिर्भर बन्न सुझाब दिनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विष्णु धितालले राख्नु भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रमेश प्रसाद घोरासाईने, ३ का वडा अध्यक्ष विनोद पराजुली, ९ का वडा अध्यक्ष बसन्त रानाभाट, वडा नम्बर १० का वडा अध्यक्ष तथा प्रवक्ता पुष्पराज राउत, वडा नम्बर १२ का वडा अध्यक्ष हर्कबहादुर तामाङ, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा २८ वटा सिलाई मेशिन र ५० वटा टनेल प्लाष्टिक वितरण गरिएको थियो । कार्यक्रम महिला परिषद् उपाध्यक्ष लालतारा अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।









