ढुंखर्क/बेथाञ्चोक गाउँपालिकाले बेथान्चोक गाउँपालिकाबाट नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ । साथै पत्रकार महासंघमा नेतृत्व गर्ने निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना र इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनालाई कार्यको उच्च मुल्यांकन गर्दै विदाई गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकामा जन्मिएर काभ्रेली पत्रकारीताको ईतिहासमा बेथाञ्चोकबाट गौरवमय ईतिहास रच्ने काम भएकोले नेपाल पत्रकार महासघंका निर्वतमान अध्यक्ष मोतिराम तिमल्सिनालाई सम्मान गरिएको बताउनु भयो । पालिकाले महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना र गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने कार्यसमितिका सह सचिब सरोज अधिकारी, सदस्य मोहनकृष्ण तिमल्सिना, बद्री तिमल्सिना, सुरज श्रेष्ठ, बागमति प्रदेश परिषद सदस्यद्धय लक्ष्मण तिमल्सिना र नवराज सापकोटालाई सम्मान गरिएको थियो ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनालाई आफ्नो कार्यकालमा शान्ति सुरक्षामा उल्लेख्य सुधार ल्याएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमल्सिनाले कार्य क्षेत्रमा जहाँ पुगे पनि पहिला गाउँपालिकालाई सम्झन आग्रह गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक अर्जुन तिमल्सिनाले जुन क्षेत्र, जहाँ पुगे पनि आफ्नो ठाँउ र पेशालाई मर्यादित बनाउनु पर्ने बताउनु भयो । बेथाञ्चोकबाट धेरै ब्यक्तिहरु माथिल्लो तहमा पुगी सक्नु भएको छ सबैले आफ्नो ठाउँको विकासमा सघाउन उहाँले आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाल शिक्षक सघं वागमति प्रदेश अध्यक्ष नारायण तिमल्सिना, नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, जिल्ला प्रशासन कार्यालय काभ्रेका लेखा अधिकृत हरिकृष्ण तिमल्सिना लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।









