2026 April 24/ 12:45: 04am

बिष्णु घिमिरे
साउदी अरेबिया

    साउदीमा प्रवासी नेपाली एकता मञ्चले संगठन बिस्तार गरेको छ । सोहि संगठनमा अमर श्रेष्ठलाई अध्यक्षमा चयन  गरेको छ ।
    निवर्तमान अध्यक्ष तथा बरिष्ठ सल्लाहकार बलराम गिरीको आतिथ्य तथा सल्लाहकार  रमेश भण्डारीको उपस्थितिमा भर्चुअल भेलाले श्रेष्ठको अध्यक्षतामा ३ महिला कोटा सुरक्षित राख्दै ४३ सदस्यीय कमिटी सर्वसम्मतले पारित गरेको छ । मञ्च केन्द्रीय सचिवमा याम लामा बोम्जन, प्रवक्तामा कृष्ण कार्की, आर्थिक विभागमा अच्युत बोगटी, अनुशासन विभागमा किशोर राई, श्रमिक समस्या तथा दुतावास समन्वय प्रमुखमा कमल खरेल तथा सदस्यमा राजेन्द्र खत्री, ऋषिराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्र कुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधिकारी, राजिव रेग्मी, बिएस अधिकारी, नवराज थापा, बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसीङ, दल सुनुवार, भीम ठकुरी, नाथन शर्मा, तिलक पुन, खडगप्रसाद आचार्य, युवराज खड्का, दिपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णुप्रसाद बरुवाल (सुवोध), राजेशकुमार न्यौपाने(डुबिन्द्र), खेमचन्द्र पुरी, योगेन्द्रप्रसाद कुईकेल, अर्जुन सिलवाल, मिन प्रसाद अधीकारी छन ।
    मञ्चका वरिष्ठ सल्लाहकार बलराम गिरी तथा सल्लाहकार रमेश भण्डारीले नयाँ वर्षको शुभकामनाको आदान प्रदान सहित साउदी अरेबियाको कानुनलाई मध्यनजर गर्दै मर्यादित ढंगले सङ्गठनमा काम गर्न सबैलाई सुझाव दिनु भएको थियो ।