2026 April 24/ 12:45: 15am

साँगा/बनेपा नगरपालिका साँगामा अर्काे रिसोर्ट थपिएको छ । 
द लर्डस् रिर्सोट पर्यटनको प्रमुख गन्तब्य साँगामा राम प्रजापति र प्रमेश पोटेको संयुक्त लगानीमा सञ्चालनमा नयाँ वर्ष २०७८ बैशाख ११ गते देखी सञ्चालनमा आउने भएको छ । रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न कोठा, तालिम हल, सेमिनार, पारीवारीक पिकनिक, विवाह, ब्रतबन्ध जस्ता शुभकार्यका लागी उपयुक्त स्थान रहेको रिर्सोटका प्रोपाईटर राम प्रजापतिले बताउनु भयो । साँगा विशेष गरी धार्मिक स्थान र पर्यटकिय ठाँउ भएकाले उक्त स्थानमा आउने आन्तरिक पर्यटकका लागी लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको प्रजापतिले बताउनु भयो । कोरोनाका कहर विचमा समेत रिसोर्ट सञ्चालनमा ल्याएका छौ एकपटक नगरबासी तथा अन्य आन्तरीक पर्यटकलाई रिसोर्टको भिजिट गरिदिन आग्रह गरेका छन् ।