2026 April 24/ 12:45: 16am

    धुलिखेल/समुदायमा आधारीत एशियाली स्तरको गुणस्तरीय सामुदायिक बचत ऋण सहकारी संस्था लिमिटेडको ११ औ सेवा केन्द्र धुलिखेल नगरपालिकामा शुरु भएको छ ।
    सेवा केन्द्रको उद्घाटन नेपाल नगरपालिका सघंका अध्यक्ष तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रमका विच गर्नु भएको थियो । ब्यान्जुले नगरमा आर्थिक क्षेत्रमा अर्काे एउटा ईट्टा थपेकोमा संस्थालाई धन्यबाद दिनु भएको थियो । नगरपालिका र सहकारीहरु समन्वय गर्दै नगरबासीहरुको आर्थिक तथा सामाजिक स्तर अभिबृद्धि गरी समृद्धि तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो । नगरले नगरबासीहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गरी आय स्तरमा थप बृद्धि गर्न सहयोग पु¥याउदै आएकोमा सहकारीले समेत नगरपालिका सँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने ब्यान्जुले बताउनु भयो । सहकारीहरुले संख्या भन्दा पनि गुणात्मक सेवा दिई समुदायमा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउनु पर्ने, सहकारीहरुलाई एकिकरण प्रक्रियामा अगाडि बढाउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको कार्य क्षेत्र काभ्रे, काठमाडौ, भक्तपुर, ललितपुरमा रहेको र जिल्लामा ८ वटा पालिकाको कुशादेवी, बल्थली, पनौती बसपार्क, ढुंखर्क, महेन्द्रज्योति, पाँचखाल, भकुण्डे मंगलटार र धुलिखेल गरी ११ वटा सेवा केन्द्र र पनौती नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको बताउनु भयो । संस्थामा चैत्र मसान्त सम्म २९ हजार २ सय शेयर सदस्यहरु, शेयर पुजीं २९ करोड, कुल पुजीं २ अर्ब ९३ करोड, ऋण लगानी २ अर्ब ३३ करोड र संस्थागत पुँजीं २० करोड रहेको बस्नेतले वताउनु भयो । संस्थाले चैत्र मसान्त सम्ममा ७ वटा सहकारीहरु सँग एकिकरण गरेको र अन्य सहकारीहरु सँग मर्जरको प्रक्रिया अगाडी बढेको बताउनु भयो । सहकारीले सदस्यहरुलाई स्वाथ्य उपचारमा शुन्य प्रतिशतमा ऋण उपलब्ध गराईने, सदस्यको एकाघर परिवारको मृत्युमा पारिवारीक राहत उपलब्ध, सदस्यहरुको जीवन तथा निर्जिवन विमा, विभिन्न सिप मुलक तालिमको ब्यबस्था, नेतृत्व विकास सम्बन्धि तालिम, दैविक प्रकोप राहत उपलब्ध लगाएतका सेवा सुविधाहरु रहेको बताउनु भयो । 
    त्यसैगरी कृषि क्षेत्रमा सामुहिक लगानी तथा विशेष कर्जा प्रदान, एटिएम सेवा, ३ सय ६५ दिनै कारोबार सेवा, वित्तिय साक्षर कार्यक्रम, किसान २ परियोजना लगायतका सेवाहरु सदस्यलाई प्रदान गर्दै आएको कार्यकारी अधिकृत बस्नेतले बताउनु भयो । कार्यक्रममा जिल्ला बचत सघंका अध्यक्ष रामहरी केसी, जिल्ला सहकारी संघ लि.का पूर्व अध्यक्ष तथा ३ नम्बर वडा अध्यक्ष विनोद पराजुली लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछानेले राख्नु भएको थियो भने सञ्चालन सचिव मुकुन्द केसीले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।