दाप्चा/नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्य चौकीमा दाँतको परिक्षण गर्न आयोजना गरिएको शिविरमा दुई सय जनाले सेवा लिएका छन् ।
नेपाल भूतपूर्व सैनिक संघ काभ्र्रेपलाञ्चोकको आयोजना, लायन्स क्लब अफ काठमाडांै कञ्चनजंघा र समाज डेन्टर हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २ सय जना लाभान्वित भएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले जानकारी दिनुभयो । शिविरमा डा. अंकित ज्ञवाली, डा. विवश राई, डा. रविना शाक्यसहितको ८ सदस्यीय मेडिकल टिमले सेवा दिएको दाप्चा स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेब (अधिकृत) बलराम पौडेलले जानकारी दिनुभयो ।
लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष शिव अधिकारीले कार्यक्रमको संयोजन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातले गर्नु भएको थियो ।









