2026 April 24/ 12:15: 38am

    बनेपा/जनमतको ३७ औ बार्षिकोत्सव तथा जनमत वाङ्गमय प्रतिष्ठानको सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाईरसका कारण अघिल्लो वर्ष घोषणा गरिएको सम्मान कार्यक्रम स्थगित गरिएको थियो । यो वर्ष २०७५ र २०७६ मा घोषणा गरिएका सम्मान हस्तान्तरण गरिएको छ । 
    प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुका बारेमा चर्चा गरिएको थियो । साहित्यिक क्षेत्रमा कृयाशिल ब्यक्तिहरुले समाजका लागि अन्य क्षेत्रबाट पनि योगदान पु¥याई रहनु भएको छ । अनवरत रुपमा ३७ वर्ष देखि कृयाशिल साहित्यिक ब्यक्तित्व मोहन दुवालले जनमतलाई प्रविधिको विकाससँगै अनलाईन संस्करणमा लैजाने उद्घोष गर्नु भएको छ । छोरी सिर्जना दुवालले अनलाईन संस्करणलाई संचालन गर्ने अध्यक्ष दुवालले बताउनु भयो । परिवारको पूर्ण साथ र सहयोग प्राप्त गरी राष्ट्रका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सद्भाव र सहयोगबाट जनमतको कोषमा २५ लाख रकम जम्मा भएको अध्यक्ष दुवालले बताउनु भयो । सोहि कोषबाट हरेक वर्ष विभिन्न विद्यामा साहित्यिक ब्यक्तिहरुलाई सम्मान गरिएको उहाँले बताउनु भयो । 
    शनिबार बनेपामा आयोजित कार्यक्रममा दीपा जनमत सम्मानबाट रविकिरण निर्जीव र ठाकुर बेलबासे, गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट राजा शाक्य र सुरेशीकरण मानन्धर, ह्दयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट शेषराज शिवाकोटी र हरिराम जोशी, जनमत जनक प्रधान सेवा सम्मानबाट टंक उप्रेती र नवराज पहाडी, केवलपुरे जनमत सम्मानबाट भागीरथी श्रेष्ठ र प्रा.डा उषा ठाकुर, कमला सैंजु जनमत सम्मानबाट रीता ताम्राकार र सुलोचना मानन्धर धिताल, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट ठाकुरप्रसाद मैनाली र सरोजा खड्गी, जनमत राजभाई सहयात्री सम्मानबाट सोमकाजी शाक्य र रीता पहारी न्यौपाने सम्मानित हुनु भएको छ । त्यस्तै भारती जनमत साहित्यीक पत्रकारिता सम्मानबाट लक्ष्मी भट्टराई र सावित्री श्रेष्ठ, जनमत केदार सुदर्शना बाल साहित्य सम्मानबाट यशु श्रेष्ठ र छायादत्त न्यौपाने बगर, जनमत सिचि धर्म संस्कृति सम्मानबाट मुकुन्दप्रसाद उपााध्याय र प्रा.डा रमेशचन्द्र अधिकारी, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट रामबहादुर पहाडी र डा. गोविन्दराज भट्टराई र जनमत दिपक बैद्य स्वास्थ्य सम्मानबाट प्रा.डा राजेन्द्र कोँजु र प्रा.डा सुमनराज ताम्राकार सम्मानित हुनु भएको छ । 
    सम्मानितहरुलाई खादा, दोसल्ला मार्फत सम्मान गरिएको अध्यक्ष दुवालले बताउनु भयो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायत राष्ट्रका विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सुर्यप्रसाद लाकोजुको संचालनमा सम्पन्न भएको थियो । सोहि अवसरमा पुरस्कार कोष स्थापना गर्ने राजभाई प्रधान, शान्तिकिरण जोशी, जितेन्द्रनारायण कायश्थ, भारतद्धाज, सिद्धिबहादुर कर्माचार्य, मुकेश कायश्थका पिता कृष्णमान कायश्थ, सरोज सुवेदी, हरिप्रसाद दुवाल र विमला दुवाललाई सम्मान गरिएको थियो ।