दर्ता सम्वन्धी अन्र्तक्रिया
धुलिखेल/धुलिखेल नगरपालिकामा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालित ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा इकाईले सामाजिक समितिका संयोजक बिष्णु धितालको अध्यक्षता तथा नगर उपप्रमुख विमला कुमारी शर्माको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु साथै शाखा प्रमुख तथा वडा सचिवहरुको सहभागिता रहेको थियो । बैशाख २ गते देखि संञ्चालन हुने दर्ता शिविरको लागि जनप्रतिनिधि तथा कर्मचारीहारुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख गायत्री रमण घिमिरेले घटना दर्ता शिबिरको प्रकिया तथा महत्वको बारेमा प्रस्तुती दिनु भएको थियो । साथै ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि ऐन तथा नियमावलीमा भएको पछिल्लो ब्यबस्थाका साथै विभिन्न गुनासा तथा समस्या उपर छलफल गरिएको थियो ।









