2026 April 23/ 11:18: 52pm

बनेपा/हिमालय डिजिटल सोलुसन्सबाट प्रकाशित काभ्रेन्यूज डटकम तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको छ ।
 कम्पनीले गत मंगलबार तेस्रो वार्षिकोत्सब कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनालाई जिल्ला शाखालाई उत्कृष्ट पार्नुका साथै कार्यकाल सफलतापूर्वक सप्पन्न गरेकोमा कम्पनीका तर्फबाट सम्मान गरिएको थियो । तिमल्सिनालाई कम्पनीका प्रबन्ध निर्देशक शिवनारायण अनामनी श्रेष्ठले सम्मान र मायाको चिनो प्रदान गर्नु भएको थियो । प्रमुख अतिथिसमेत रहनु भएका तिमल्सिनाले काभ्रे जिल्लाबाट २ दर्जन हाराहारीमा अनलाइन मिडियाहरू संचालन भइरहे पनि काभ्रेन्यूज डटकमले अलग्गै पहिचान बनाउन सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो । अनलाइन मिडियामा समेत बीटमा आधारित समाचारहरुको खाँचो औंल्याउनुहुँदै उक्त कार्य काभ्रेन्यूजबाटै थालनी गर्न सुझाव दिनुभयो । कार्यक्रमका  अवसरमा कम्पनीका सल्लाहकार शान्तिरत्न शाक्यले निकट भविष्यमै अरु न्यूज पोर्टलहरू सुरु गर्ने लक्षले काम भइरहेको जानकारी दिनु भयो ।
कम्पनीका निर्देशक एवं सम्पादक अधुत्तम देगमराज शाक्यले काभ्रेन्यूजको एप तयार भइ संचालनमा आउन लागेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, काभ्रेपलान्चोक चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, महासचिव रबिन्द्र बैदार, काभ्रे युवा उद्यमी मन्चका संयोजक सरोजकाजी श्रेष्ठ, काभ्रे अनलाइन मिडिया सन्जालका संयोजक केशवराज पौडेल, सत्य साई अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा. घनश्याम घिमिरे, भोमी अस्पताल प्रालिका प्रवद्र्धक सगुन कायस्थ, सानिमा बैंकका शाखा प्रबन्धक सन्जय सापकोटा, अल्ट्रानेट कम्युनिकेशन प्रालिका अध्यक्ष सुबेश ताम्राकार, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक राधाकृष्ण श्रेष्ठ लगायतले काभ्रे जिल्लामा फरक खाले अनलाइन मिडियाको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।