2026 April 23/ 11:18: 53pm

धुलिखेल नगरपालिका वडा नं. ६ मा अवस्थित हिजागाल कुलो संरक्षण कार्य हुने भएको छ । 
    एक कार्यक्रमको आयोजना गरि धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले उक्त हिजागाल कुलोको सिलन्यास गत मंगलबार गर्नुभएको छ । 
    जलस्रोत तथा सिचाइ विकास डिभिजन, काभ्रेको योजनामा २० लाख बजेटमा उक्त कुलोको निर्माण हुने जनाइएको छ । शिलन्यास कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला शर्मा तथा सिचाइ डिभिजन प्रमुख अक्षर गोपाल यगोल, स्थानीयवासीको उपस्थिति रहेको थियो ।