2026 April 23/ 11:18: 42pm

    बनेपा/बनेपा नगरपालिका वडा नं. १० स्थित थापागाउँको सिरानमा अवस्थित माता गोरखकाली मन्दिर परिसरमा प्रत्येक महिनाको पूर्णिमाको दिन अखण्डरुपमा भजन किर्तन सत्संग कथा महात्म प्रवचनको लागि नियमित रुपमा पूजा अर्चना भौतिक आवश्यकीय सामान खरीद गर्नका लागि चैत्र १४ गतेसम्म २४१ जना सहयोगीबाट १ लाख ६३ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । सहयोगी दाताहरुलाई भजन समितिको तर्फबाट प्रमाणपत्र तथा गोरखकालीको तस्विर प्रदान गरी सम्मान गरिएको थियो । समितिले मुक्तिनाथ तिवारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा कृष्णकुन्द थापा उपाध्यक्ष, रामशोभा थापा सचिव, गोपाल सिं देउजा कोषाध्यक्ष, आत्माराम थापा प्रमुख सल्लाहकार रहनुभएको छ भने मुख्य सल्लाहकारहरुमा मुकुन्दराज देउजा, दुर्गाबहादुर थापा, रामबहादुर थापा, श्यामराज भट्टराई, रामहरी थापा, गोकुल रायमाझी, बलराम उप्रेती रहनुभएको छ । समितिको सदस्यहरुमा सुमित्रा थापा (क), देवी थापा, सुवर्ण थापा, सविना थापा, गमला थापा, भवानी थापा, कृष्णमाया देउजा, सुमित्रा थापा(ख), इन्द्रमाया देउजा, अम्बिका कार्की, शान्ति थापा, लक्ष्मी थापा, सुनिता थापा, मनदेवी थापा, मनकुमारी थापा, गायत्री थापा, भवानी थापा(ख), प्रतिमा थापा, सुभद्रा थापा, मिना रायमाझी, राधिका थापा, प्रेम थापा, रमेश थापा, मदन थापा, धर्मराज थापा र रामेश्वर थापा चयन हुनुभएको छ । कार्यक्रममा ८९ वर्षीय बृद्ध भरत थापा र ८७ वर्षीय बृद्धा अमली थापालाई रामनामी र भगवान लक्ष्मी नारायणको फोटो प्रदान गरि सम्मान गरिएको थियो । 
हरेक पूर्णिको दिनमा माता गोरखकाली को क्षमा पूजा गरि माताको पूर्ण कदको बिग्रह दर्शन गराइने मन्दिरका मूल पुजारी मुकुन्द देउजाले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा आफ्ना परिवार, आफ्ना बितेका पितृहरुको नामबाट पनि भण्डारा लगाउन सकिने जानकारी समितिलाई दिनुहुन समितिका पुजारी मुकुन्द देउजाले अनुरोध गर्नुभएको छ ।