2026 April 23/ 11:19: 03pm

काठमाडौं/शैली साहित्य समाज नेपाल र जन्मभूमि नेपाल साहित्य समाजको संयुक्त आयोजनामा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा बरिष्ठ उपन्यासकार शंकर भारतीको प्रमुख आतिथ्यता तथा बरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीको बिशिष्ट आतिथ्यता रहेको थियो । सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रिय अध्यक्ष युवा कवि तथा साहित्यकार केशवराज भट्ट सागर सम्मानित हुनुभएको छ । कार्यक्रम पहिलो चरण प्रदिप खतिवडाले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो । 
कार्यक्रममा घुम्ती कवि गोष्ठीका अध्यक्ष राम कुमार पंडित, शैली समाजका अध्यक्ष मञ्जु प्रधान केसी, जन्मभूमिका अध्यक्ष डिल्ली प्रसाद मुलतिहुन, उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष रुपकुमार शाक्य, उद्योग बाणिज्य संघका कोषाध्यक्ष भूमी नन्दन कर्मचार्य, घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली, मुकुन्द दाहाल, बालकृष्ण दाहाल, नारायण नेपाल, विनोद दाहाल वत्स्य,खगेन्द्र लुइँटेल,राजेन्द्र प्रसाद भट्ट, संगीता ठाकुर, लगायत साहित्य मनहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दोस्रो चरणको रचना वाचनमा ३० जनाले रचना वाचन गर्नु भएको थियोे । रोमा लम्साल,महेश पाण्डे, बबिन न्यौपाने, कान्ति अबस्थी, प्रदीप महर्जन, कल्पना दाहाल,सुचिता काफ्ले,लगायतको उपस्थिति रहेको कार्यक्रम बबरमहल स्थित शैलीको कार्यालयमा सम्पन्न भएको थियो  । प्रमुख अतिथि शंकर भारतीले सम्मानित स्रस्टा केशवराज भट्ट सागर भविष्यका कर्णदार साहित्य प्रतिको लगाव र क्षमताको कदर गर्दै नेपाली साहित्यको खम्बाको रूपमा रहेको बताउन भएको थियो । कार्यक्रमको समापन दुर्गा अधिकारीले गर्नुभएको थियो ।