2026 April 23/ 10:49: 15pm

धुलिखेल/अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्थाको चौथोे वार्षिकोत्सव संस्थाका ८६ बर्षिय जेष्ठ सदस्य सुर्यमाया सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थामा आबद्ध २ हजार ३ सय शेयर सदस्यहरु मध्ये ७० बर्ष उमेर पुगेका ३५ जना सदस्यहरुलाई खादा तथा चरेसको थाल र कचौरा दिएर घर घरमै गएर सम्मान गरेको थियो । उक्त अवसरमा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो । शिविरमा ३४ जनाले रक्तदान गर्नुभएको थियो भने १ सय भन्दा बढी ब्यक्तिहरुले निःशुल्क स्वास्थ्य शिविर अन्र्तगत सुगर र प्रेशरको परीक्षण गराएका थिए ।
संस्थाले विभिन्न सेवा तथा सुविधा दिई झण्डै २६ करोडको कुल सम्पत्ति रहेको संस्थाले सामाजिक कार्यमा समेत योगदान गर्दै आएको छ । सोहि क्रममा अनाथ बालिकाहरुलाई संरक्षण गरिरहेको धुलिखेल—३, स्थित रहेको सामाजिक संस्था हेल्प नेपाल, धुलिखेल शाखा र संस्कृत भाषा अध्यापन गराउदै आएको बनेपा—६, गोसाईकुण्ड स्थित रहेको नैमिषारण्य संस्कृत गुरुकुलम्लाई स्टेशनरी सामाग्रीहरु वितरण गरेको थियो ।