2026 April 23/ 11:17: 25pm

बनेपा/बनेपा नगरपालिका महिला विकास केन्द्रको संयोजन तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको १ हप्ते बेसिक सिलाई बुनाई तालिम सम्पन्न भएको छ । 
तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्दैे बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले तालिम तालिममा मात्र सिमित नगर्न आग्रह गर्नु भएको थियो । उक्त तालिममले नपुगे नगरपालिकाले एड्भान्सका लागि समेत आर्थिक सहयोग गरिने तर यसलाई ब्यबहारमा ल्याई आत्मनिर्भर रहन आग्रह गर्नु भएको थियो । नगरपालिकाको उद्देश्य भनेकै नगरबासीहरुलाई आत्मनिर्भर बनाई आर्य–आर्यजन गर्नु नै रहेको बताउनु भयो । निश्चित रुपमा घरबाट बाहिर जान नपाउने महिला दिदिबहिनीहरुका लागि स्वरोजगार हुनलाई उक्त तालिमको आयोजना गरिएको हँुदा यसलाई सदुपयोग गर्न बादेले आग्रह गर्नु भएको थियो । नगरपालिकाले कुरा हैन काम गर्नेलाई मात्र विश्वास गर्ने भएकाले अन्य संघ संस्थाहरुलाई पनि हातेमालो गरी अगाडि बढ्न आग्रह गर्नु भएको छ । नगरले कौशिखेती, सिलाई बुनाई, डल्लो साबुन बनाउने, अचार बनाउने, ड्राईभिङ्ग तालिम, ब्युटीपार्लर जस्ता धेरै तालिमहरु प्रदान गरेकाले उक्त तालिममा सहभागी भई सिप सिकी आत्मनिर्भर बन्नुपर्ने प्रमुख अतिथि बादेले बताउनु भयो । तालिममा २० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो भने ललिता बादेले प्रशिक्षण दिनु भएको थियो । 
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष शेर बहादुर सुवाल, सहभागीकातर्फ बाट विन्दा गिरी लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य विश्वमाया श्रेष्ठले राख्नु भएको थियो भने संचालन रामप्यारी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शारदा देवी वादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।