जेष्ठ यातायात मजदुर सम्मानित
पनौती/फागु पुर्णिमाको अवसर पारी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाईले जेष्ठ यातायात मजदुर सम्मान गरेको छ । १५ औ अधिबेशन तथा जेष्ठ मजदुर सम्मान कार्यक्रमबाट नयाँ समिति निर्वाचित भएको छ ।
चालक रामभक्त मास्केलाई नगद एक लाख रुपियाँ सहित सम्मान पत्रले सम्मान गरिएको थियो । ५२ बर्षीय मास्केले ३३ बर्ष देखी यातायात क्षेत्रमा आबद्ध हुनुहुन्छ । त्यस्तै संगठनले उत्कृष्ट चालक सम्मानबाट राजु श्रेष्ठ, रघु तिमल्सिना, विक्रम गिरी, प्रेम बहादुर शेर्पा र राजेन्द्र श्रेष्ठलाई चाँदीको मेडल र सम्मान पत्रले सम्मान गरेको छ । सोही अवसरमा सह–चालक आशिष श्रेष्ठ, सुरज खत्री र प्रदीप परियारलाई चाँदीको मेडल सहित सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई र संगठनका अध्यक्ष बेदप्रसाद घिमिरेले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा संगठनका नेताहरु, नेकपा काभ्रेका जिल्ला कमिटी सदस्य विदुर खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अधयक्ष मोतीराम तिमल्सिना, पनौती प्रहरी चौकीका सई सन्तोष बाँनिया सहितले शुभकामना दिएका थिए । संगठनहरुको भेलाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । संगठनको बन्द सत्रले नयाँ कार्य समिति चयन गरेको छ । समितिको सल्लाहकारमा वेदप्रसाद घिमिरे, रामकाजी खड्गी, चन्द्रलाल श्रेष्ठ र विदुर खत्री रहेका छन् भने अध्यक्षमा सुनिल धाँजु, उपाध्यक्ष, जगतबहादुर श्रेष्ठ, सचिव शेषनाथ घिमिरे, सहसचिव पर्शुराम सापकोटा, कोषाध्यक्ष हरिकुमार प्रधान र सदस्यहरुमा भिमबहादुर मास्के, राजु नापित, रामबहादुर राउत, रामचन्द्र तिमल्सिना, सुदर्शन खड्का, सपन नेपाली, सुजन धाँजु, अनन्तकुमार खड्का, रुकमान तामाङ, विनोद घोरासाइने, राजु परियार र राजु श्रेष्ठ रहेका छन् ।









