2026 April 23/ 11:18: 43pm

    बनेपा/प्रेस चौतारी काभ्रेले संगठनका सदस्यहरु विभिन्न स्थानमा निर्वाचित तथा नियुक्ति भएकोमा सम्मान र बधाई ज्ञापन गरेको छ । चौतारीका सदस्यहरु फुलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्ति हुनु भएको छ भने भक्त स्याङ्गतान अकोरावको केन्द्रिय सदस्य र बलराम श्रेष्ठ बागमती प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 
    उहाँहरुलाई संगठनको तर्फबाट बधाई तथा शुभकामना ब्यक्त गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनु भयो । कार्यक्रममा प्रेस चौतारीका उप महासचिव हिरामान लामा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्ष भोजराज तिमल्सिना लगायतले शुभकामना र बधाई ब्यक्त गर्नु भएको थियो । सोहि अवसरमा निर्वाचित र नियुक्ति भएका फुलमान बल, भक्त स्याङ्गतान, बलराम श्रेष्ठले प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।