2026 April 23/ 11:17: 56pm

बृहत्त अर्थतन्त्र सम्बन्धी तालिम
    बनेपा/नेपाल आर्थिक पत्रकार समाज र नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा बृहत्त अर्थतन्त्र र आधारभुत आर्थिक पत्रकारिताका बारेमा तालिम आयोजना गरिएको छ । पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेजन अध्यक्ष भिम गौतमले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । 
    तालिममा जिल्लाका कृयाशिल सक्रिय ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले अर्थतन्त्रका बारेमा जे बुझेको छ त्यो भन्दा भिन्न भएको बताएका थिए । तालिममले सामान्य विषयमा जानकारी गराएकाले बृहत्त विषयका लागि थप तालिम आवक्श्यक भएको बताएका थिए । कार्यक्रममा बरिष्ठ पत्रकार विज्ञ प्रेम खनाल, यज्ञ बञ्जाडे र भिम गौतम लगायतले विभिन्न विषयमा तालिम दिनु भएको थियो । सोहि अवसरमा पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष कपिल कोईराला, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी लगायतको सहभागिता रहेको थियो ।