बनेपा/एबिएम स्कुल बनेपाले १८ औ स्थापना दिवस एवं सम्मान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक विनोद पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा ११ का विद्यार्थीहरु, शिक्षकहरु तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयले विद्यार्थीहरुलाई खेलकूद तथा प्रयोगात्मक अवस्थाबाट सिकाई गरिएको बताउनु भयो । विद्यालयले कक्षा ११ र १२ मा ब्यवस्थापन र कानुन संकायका विषयहरु अध्यापन गराईरहेको प्रिन्सिपल तिमल्सिनाले बताउनु भयो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न फरक किसिमको पद्धति अपनाईएको बताउँदै उहाँले शिक्षकहरुलाई पनि सिप बृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहायक ललिता बञ्जाराले विद्यालयको शुरुदेखिको अवस्थाका बारेमा जानकारी दिदै स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









