2026 April 23/ 10:00: 14pm

मण्डनदेउपुर/मण्डन देउपुर नगरपालिकामा नागरिक सेवा केन्द्रको स्थापना गरिएको छ । सेवा केन्द्रको उद्घाटन मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले गर्नु भएको छ । वाईवाले आयुर्वेदको स्थापना पछि नगरवासीहरुलाई स्वास्थय क्षेत्रमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । आयुर्वेद औषधी, स्वेदन, ब्यायाम लगायतका कार्यहरु उक्त केन्द्रमा उपलब्ध हुने भएकाले नगरबासीहरुलाई सेवा लिन आग्रह गर्नु भएको छ । कोरोना महामारीमा आयुर्वेद औषधीको प्रयोग बढे सगै यसले सम्पूर्ण नागरिकहरुलाई फाईदा मिल्ने पनि वाईवाले बताउनु भयो । 
कार्यक्रममा आयुर्वेद चिकित्सक डा. मनोज चौधरीले आयुर्वेद औषधीको प्रयोग बढ्दै गएको बताउनु भयो । अस्पतालले १३ वटै स्थानीय तहमा उक्त औषधीहरु उपलब्ध गराएको र लकडाउनका समयमा समेत कोरोना विरामीहरुलाई घर घर पुगी औषधी वितरण गरेको बताउनु भयो । चौधरीले रोग लागेपछि मात्र नभई अन्य समयमा समेत आयुर्वेद चियाहरु प्रयोग गर्न आग्रह गर्नु भएको थियो । 
त्यसैगरी कार्यक्रममा मण्डन देउपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग काठमाडांैका कन्सल्न्टेन्ट आर्युवेद विज्ञ डा. मुनकर्म थापा लगायका ब्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण लम्सालले गर्नु भएको थियो भने सञ्चालन आयुर्वेद स्वास्थ्य केन्द्रका लेखा प्रमुख कृष्णप्रसाद पराजुलीले गर्नु भएको थियो ।