कुशादेवी/विहावर भेगको अग्रणी शिक्षण संस्था श्री लिलावती नेशनल एकेडेमी पनौती ३, कुशादेवीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लाग्नु भएका विद्यालयका संस्थापक, शिक्षाप्रेमी, समाजसेवी उद्धव थापालाई सफल आरोहणको लागि शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिबार एक कार्यक्रमका विच थापालाई शुभकामना दिईएको थियो । विहावर क्षेत्रका शैक्षिक धरोहर राम प्रसाद अधिकारी प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा थापालाई सफल आरोहणका लागी शुभकामना दिईएको थियो । अधिकारीले सबै भन्दा ठुला आत्मबल भएकाले थापालाई आत्मबल बढाई यात्रामा अगाडी बड्न सुझाब दिनु भएको थियो । हामि सबैको तपाईलाई सफलाको शुभकामना छ, तपाईको यात्रा सफल सुगद रहोस अधिकारीले भन्नुभयो । कार्याक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयका संचालकहरु प्रकाश थापा, जनक तिमल्सिना, शिक्षक महासंघ पनौतीका अध्यक्ष उद्धव प्रसाद बोलखे, लायन्स क्लव चिफ एरिया को–अर्डिनेटर राजन थापाको, न्यु राईजिङ्ग प्रिन्सिपल विमल न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुष्पराज बोलखेले विद्यालयको शैक्षिक गतिविधिका बारेमा मन्तब्य राख्नु भएको थियो । विद्यालयमा प्लेग्रुप देखी कक्षा १२ सम्म अध्यापन भैइरहेको, विद्यालयले प्रयोगात्मक शिक्षालाई बढी प्राथमिकामा राखेको, ब्यबहारी शिक्षालाई ध्यान दिएको बताउनु भयो । घोकन्ते शिक्षा भन्दा ब्बयहिरीक शिक्षालाई जोड दिदै विद्यार्थिहरुको चौतर्फि विकासमा ध्यान दिएको बोलखेले वताउनु भयो । कोभिड १९ भई लकडाउनका समयमा समेत विद्यार्थीहरुलाई बैकल्पिक शिक्षण सिकाई मार्फत अध्यापन गराएको र सुरक्षा मापदण्ड अपनाई विद्यालय सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापकहरू विष्णु बराल, तिलक बहादुर लामा, जीतलाल श्रेष्ठ तथा शिवराम सिग्देललाई सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको थियो । कार्यक्रमा स्वागत मन्तब्य शिक्षक विनोद लामाले गर्नु भएको थियो भने सञ्चालन विनोद हुमागाईले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयकातर्फ बाट प्रमुख अतिथि रामप्रसाद अधिकारीले आरोहण गर्न लाग्नु भएका उद्धव थापालाई १ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा अभिभावक, पूर्व विद्यार्थीहरुले खादा तथा माला लगाएर शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयले शिक्षक बिमल सापकोटालाई समेत बिदाई गरेको थियो ।









