बनेपा/अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्वपूर्ण योगदान गर्ने पाँच जना साहित्यिक स्रष्टालाई सम्मान गर्ने भएको छ ।
सम्मानित हुने स्रष्टाहरूमा ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट वरिष्ठ साहित्यकार श्री ॐ श्रेष्ठ, ‘नरबहादुर अक्षरमार्गस्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु एस राई, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’बाट बियोगी बुढाथोकी, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट कवि सुरेन्द्र अस्तफल, ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’बाट तारा के.सी रहनुभएको छ ।
उक्त सम्मान कार्यक्रममा मुक्तकमा समवेत स्वरहरू पनि लोकार्पण हुने बताएको छ ।
पाँचै जाना साहित्यिक स्रष्टाहरुलाई आगामी शनिबार सम्मान समर्पण गरिने जानकारी साहित्यकार तथा कार्यक्रमका संयोजक सूर्यप्रसाद लाकोजू बताउनु भएको छ ।









