2026 April 23/ 09:59: 59pm

धुलिखेल/नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत अक्सफोर्ड एडभान्स इञ्जिनियरिङ्ग कलेजद्वारा सञ्चालित संचालित ३ महिने निःशुल्क सिलाई तालिम सम्पन्न भएको छ । 
तालिममा सहभागि २० जना सहभागिहरुलाई सि.टि.ई.भि.टि. राष्ट्रिय सीप परिक्षणका  धनेश्वरी बासुकला र समिक्षा शाह पौडेलले प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी पाँचखाल वडा नं.१२ तिनघरेमा संचालित ३ महिने निःशुल्क वेमौसमी तरकारी उत्पादन तालिमका २० जना सहभागिहरुका सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षणका प्रविन सापकोटा र रामकृष्ण ढकालले प्रशिक्षण दिनु भएको थियो । उक्त परिक्षणमा केन्द्राध्यक्ष अर्जुन प्रसाद सापकोटाले गर्नु भएको थियो  । सीप परिक्षणमा उत्तिर्ण पश्चात प्रशिक्षार्थी सहभागिहरुले सि.टि.ई.भि..टि.को तह—१ को प्रमाण पत्र पाउने भएका छन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम प्रदान गरी सीप र ज्ञान दिई दक्ष प्राविधिक वनाई रोजगारमा लगाउने उक्त परियोजनाको उद्देश्य अनुरुप ४० जना नै सहभागीहरु रोजगारमा लागि कम्तिमा पनि मासिक दश हजार आय आर्जन गर्ने अपेक्षा गरिएको तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले जानकारी दिनुभयो भयो ।