जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । जनमत प्रकाशनको ३७ औं वार्षिकोत्सवका अवसरमा आगामी २०७७ चैत्र २८ गते बनेपामा एक कार्यक्रमको आयोजना गरी यी सम्मानहरू प्रदान गरिने भएको छ ।
यसवर्ष २०७५ सालको दीपा–जनमत सम्मान रविकिरण निर्जीव (चितवन)लाई, गणेश÷खिलकुमारी दुवाल – जनमत सम्मान राजा शाक्य (काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान शेषराज शिवाकोटी (दोलखा)लाई, जनमत–जनक प्रधान सेवा सम्मान–टङ्क उप्रेती (झापा)लाई प्रदान गरिने भएको छ । त्यसैगरी केवलपुरे–जनमत सम्मान भागिरथी श्रेष्ठ (गुल्मी) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान ठाकुरप्रसाद मैनाली (काभ्रे) लाई, कमला सैंजू – जनमत सम्मान रीता ताम्राकार (सुनसरी) लाई, जनमत – राजभाई सहयात्री सम्मान सोमकाजी शाक्य (काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – लक्ष्मी भट्टराई (काठमाडौं) लाई प्रदान गरिनेछ । जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – यशु श्रेष्ठ (रौतहट)लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – मुकुन्दप्रसाद उपाध्याय (लम्जुङ) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – रामबहादुर पहाडी (पाल्पा)लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. राजेन्द्र कोँजू (काभ्रे)लाई प्रदान गरिने भएको छ ।
त्यसैगरी २०७६ सालको दीपा–जनमत सम्मान ठाकुर बेलवासे (अर्घाखाँची) लाई, गणेश÷खिलकुमारी दुवाल – जनमत सम्मान सुरेश किरण (काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान हरिराम जोशी (ललितपुर)लाई, जनमत–जनक प्रधान सेवा सम्मान – नवराज पहाडी (सिन्धुली)लाई प्रदान गरिनेछ । त्यसैगरी केवलपुरे – जनमत सम्मान प्रा.डा. उषा ठाकुर (काठमाडौं)लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान सरोजा खड्गी (झापा) लाई, कमला सैंजू – जनमत सम्मान सुलोचना मानन्धर धिताल (काठमाडौं) लाई, जनमत – राजभाई सहयात्री सम्मान रीता पहारी (कास्की)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सावित्री श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिनेछ । जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – छायादत्त न्यौपाने बगर (पर्वत)लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – प्रा.डा. रमेशचन्द्र अधिकारी (धादिङ) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ)लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. डा. सुमनराज ताम्राकार (काभ्रे)लाई प्रदान गरिने भएको छ ।









