2026 April 23/ 10:48: 55pm

नमोबुद्ध/चैत्र ८ गते दिउसो नमोबद्ध नगरपालिका ९ लामीडांडा ईलाकामा लागेको आगो नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले स्थानीय प्रहरी र स्थानीय नागरिकहरुको सहयोगमा नियन्त्रणमा लिएको छ । 
२६ बाहिनी भकुण्डे, कालीजंग गण धुलिखेबाट खटिएको फायर फाईटिङ्ग टोली, स्थानिय नागरिक तथा धुलिखेल नगरपालिकाको दमकलको संयुक्त प्रयासले नमोबुद्ध ईलाका गाउँबस्ती तथा नमोबुद्ध जंगल ईलाकामा हुन सक्ने ठुलो धनजनको क्षतिलाई बचाएको छ । दिउसो दुई घण्टा पछि आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिएको नेपाली सेना कालिजंग गण धुलिखेलले जानकारी दिएको छ ।