धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोक र जिल्ला बार इकाई काभ्रेपलाञ्चोकले उच्च अदालतमा नियुक्ति हुनु भएका जिल्ला न्यायाधिश पुरुषोतम ढकाल र कानुन ब्यवसायी सागर विष्टलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
जिल्ला अदालत र बार इकाईमा भएका अलग अलग कार्यक्रममा दुबै संस्थाले दुबै न्यायाधिशहरुलाई बधाई तथा शुभकामना सहित विदाई गरेका थिए । अदालतमा भएको कार्यक्रममा जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीको अध्यक्षता रहेको थियो । जसमा उच्च अदालतका न्यायाधिशद्धय ढकाल र विष्ट, जिल्ला न्यायाधिश भिस्म प्रसाई, सरकारी वकिल चन्द्रकुमार पोखरेल, श्रेस्तेदार गोविन्द घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, बार इकाई अध्यक्ष देवकुमार मोक्तान, कर्मचारीहरुको तर्फबाट शाखा अधिकृत देवराज भट्टराईले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै न्यायाधिशहरुले न्यायलाई मर्न नदिई नागरिकहरुको विश्वासको अदालत बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
बार अदालतमा भएको कार्यक्रममा अध्यक्ष देवकुमार मोक्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । जसमा न्यायाधिशद्धय ढकाल र विष्ट, जिल्ला न्यायाधिशहरु, सरकारी वकिल, बारका पुर्व अध्यक्षहरु, बरिष्ठ अधिबक्ता, उपाध्यक्ष विजयभक्त बादे, सचिव मधुसुदन वाग्ले, कानुन ब्यवसायीहरुले शुभकामना ब्यक्त गरेका थिए ।









