धुलिखेल/बामगती प्रदेश प्रहरी कार्यालय अन्र्तगत कार्यालयहरुले गरेको कार्यसम्पदान तथा आगामी रणनीतिका बारेमा धुलिखेलमा छफफल गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश अन्र्तगतका जिल्लाहरुमा भएका सुरक्षा लगायतका अन्य गतिविधि र आगामी रणनीतिका बारेमा जानकारी लिँदै आगामी दिनमा नागरिकहरुको सुरक्षाका लागि प्रहरीले खेल्नु पर्ने भूमिका, बदलिँदो राजनीतिक अवस्था तथा शान्ति प्रकृयामा आएको बिद्रोही पार्टीका गतिविधिहरुले पलाएको नागरिकहरुको उत्साहका बारेमा जानकारी गराउनु भएको थियो ।
‘प्रहरीले नागरिकहरुको मन जित्ने गरी काम गर्नु पर्छ, गरिरहेको पनि छ अझै यसलाई फराकिलो बनाउँदै रोकिएका विकास निर्माणमा समेत सहजिकरण गर्नु पर्छ’–मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘प्रहरी नागरिकको साथी हो । सधै साथीको ब्यवहारमै प्रहरीका कृयाकलाप अगाडी बढुन् । ’ कार्यक्रममा बागमती प्रदेश आन्तरीक मामिला तथा कानुन सचिव मदन भुजेल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार लामा, प्रहरी बरिष्ठ उपरिक्षक मिरा चौधरीले प्रदेश भित्र भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले समग्र जिल्लाको शान्ति सुरक्षामा प्रहरीले खेलेको भुमिकाका प्रशंशा गर्नु भएको थियो । अपराध न्युनिकरणमा प्रहरीले गरेको अनुसन्धान सफल हुँदा अपराधी उम्कन नसक्ने भएकाले त्यस्ता घटनाहरुमा सिरियस हुन प्रहरीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले अनुरोध गर्नु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्री, सिन्धुलीका प्रमुख एसपी आभुषण तिम्सिना, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र तालिम केन्द्र दुधौलीका प्रमुखहरुले गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासमा तयार गरिएको पुस्तकालयको उद्घाटन गरिएको थियो ।









