2026 April 23/ 09:15: 55pm

उद्धव प्रसाद अधिकारी/पाँचखाल 
आधारभुत तहका शिक्षकहरुको लागि पाठ्यक्रम तथा पाठ्य सामाग्री सम्बन्धि २ दिने नगर स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
शिक्षा विकास तथा समन्वय ईकाइ काभ्रेको आयोजना र पाँचखाल नगरपालिका शिक्षा शाखाको समन्वयमा गत चैत्र २ र ३ गते सम्पन्न भएको छ । गोष्ठिको प्रमुख आतित्यथता शिक्षा विकास तथा समन्वय ईकाइका काभ्रेका शाखा अधिकृत रमा कान्त अर्यालले गर्नु भएको थियो भने प्रमुख प्रशिक्षक शिक्षा शाखा प्रमुख दिननाथ पन्थीले गर्नु भएको थियो । कार्यक्रममा ७ सय ५३ वटै स्थानिय तहमा पाठ्यक्रम लागु भैई सकेको र शिक्षक निर्देशिका, कार्य पुस्तिका डायरी शैक्षिक सामाग्री पाठ्यक्रम मार्गदशन जारी गरिसकेको बताउनु भयो । सामुदायीक विद्यालयका शिक्षकहरुको हातमा विद्यार्थीहरुको भविश्य रहेको हुदाँ सोहि अनुसार गर्न शिक्षकहरुलाई निर्देशन दिनु भएको थियो । 
कार्यक्रममा पाँचखाल नगरपालिकाका सम्पूर्ण आधारभुत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।