बनेपा/प्रगतिशील लेखक संघ जिल्ला समिति काभ्रेबाट काभ्रेली कविका कविताहरू पुस्तकको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील लेखक संघ काभ्रे जिल्लाकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा र केन्द्रीय कमिटीका अध्यक्ष प्रा.डा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रमा सम्पन्न भएको थियो । कार्यक्रममा जनमत साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवाल, प्रगतिशील लेखक संघ पूर्व केन्द्रीय सदस्य रक्तिम लामा ,गायक मच्छेस्वर सापकोटा, पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजा, नवसाहित्य समाजका अधयक्ष सीताराम आचार्य संघका काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार बज्राचार्य लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष केदारनाथ आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रगतिशील लेखकको अबको बाटो शीर्षकमा प्रा.डा. जीवेन्द्र देव गिरीले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न भेगका स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाको सचिव ध्रुव रायमाझीले गर्नु भएको थियो ।









