2026 April 23/ 09:19: 04pm

बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको ५ औ दीक्षान्त समारोह तथा एसईई उतिर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
बादेले उत्तिर्ण विद्यार्थी तथा दीक्षित भएका भाईबहिनिहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । नगरपालिकाले सामुदायीक तथा निजी विद्यालयलाई शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी सचेत गराएको बादेले बताउनु भयो । नगरले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, पशुपंक्षी लगायतका क्षेत्रमा निर्वाचित भएपछि ठुलो फ्डको मारेको बताउनु भयो । नगरले सबै क्षेत्र र वर्गलाई समेटेको र कोरोनाका समय समेत समस्यामा परेका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा दाहाल सापकोटा, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ११ नम्बर वडा अध्यक्ष शिबकुमार थापा, १२ नम्बर वडा अध्यक्ष राम बहादुर कुवंर १४ नम्बर वडा अध्यक्ष गौरी राउत, काभ्रे उद्योग वाणिज्य सघंका उपाध्यक्ष गु्रबेन तौजले, विद्यालयका मण्टेश्वरीकी इन्र्चाज पुण्यश्वरी मानन्धर लगायतका व्यक्तिहरुले शुभकामना मन्त्यब राख्नु भएको थियो । 
कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रत्नकुश रञ्जितले विद्यालयले कोरना रोग विरुद्धका्े मापदण्ड पु¥याएर विद्यालय सञ्चालन गरिएको बताउनु भयो । विद्यालयले विद्यार्थीहरुलाई बन्दको समयमा समेत बैकल्पिक माध्यम मार्फत अध्यापन गराएको बताउनु भयो । विद्यालयले अभिभावकहरुलाई समेत विशेष छुट प्रदान गरी शिक्षकहरुलाई सोहि अनुसारको ब्यबस्थापन गरिएको बताउनु भयो । विद्यालयले विद्यार्थीहरुको शैक्षिकस्तर उकास्नका लागी पढाई सँगै अतिरिक्त क्रियाकलापहरु गर्दै आएको र ब्यबहारिक शिक्षा प्रदानमा जोड दिएको रंजितले बताउनु भयो । कार्यक्रममा एसईईमा उत्तिर्ण हुने ५१ जना सम्मान तथा विदाई ७८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रम विद्यालयका सह–प्रिन्सिपल उमा बस्नेतको सभापतित्वमा र इसिए ईन्चार्ज विक्रम मानन्धरको सञ्चालमा सम्पन्न भएको थियो ।