2026 April 23/ 09:18: 11pm

धुलिखेल/नेपाल हृदय रोग प्रतिष्ठान काभ्रे शाखा र रोटरी क्लब अफ धुलिखेलको संयुक्त आयोजनामा  भुमिडाँडा स्वास्थ्य चौकी, पनौती २ मा निःशुल्क हृदय रोग परिक्षण, उपचार र परामर्श शिविर सम्पन्न भएको छ  । शिविरमा धुलिखेल अस्पतालका बाल मुटु रोग विषेशज्ञ डा. अनिश जोशीले इको जाँच गर्नुभएको थियो भने धुलिखेल अस्पतालका चिकित्सक डा. सन्दीप कुमार साहले स्वास्थ्य जाँच गर्नु भएको थियो । 
शिविरमा मेडिकल विद्यार्र्थी रोट्रयाक्टर अनुक्रम लम्सालले सहयोग गरेको थियो । शिविरमा दाँतको परिक्षण र उपचारको लागि बनेपाको आईसीडी डेंन्टल क्लिनिकका दन्त चिकित्सा डा.प्रिया श्रेष्ठ र डा.सशी खत्रीले गर्नु भएको थियो । शिविरमा २ सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा देखिएका समस्याहरुको धुलिखेल अस्पतालमा उपचारको व्यवस्थापन गरिने जनाएको छ ।  शिविरको आर्थिक तथा प्राविधिक सहयोग रोटरी क्लब अफ धुलिखेल तथा नेपाल ह्दय रोग निवारण प्रतिष्ठानद्वारा गरिएको थियो भने उक्त शिविरको कार्यान्वयन रोट¥याक्ट क्लब अफ काठमाण्डौँ विश्वविद्यालय मेडिकल साइन्स, RCC पिपलचौर र स्थिानीय साझेदार कलाती भुमिडाँडा, पनौती वडा कार्यालय १२ र कलाती भुमिडाँडा स्वास्थ्य चौकीद्धारा गरिएको थियो ।