बनेपा/सेञ्चुरी कमर्सियल बैंक धुलिखेल र बनेपा शाखाले उज्यालो महिला समाजलाई कम्प्युटर प्रदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकको १० औं स्थापना दिवसको अवसर पारेर काभ्रेको बनेपामा कार्यालय रहेको उज्यालो महिला समाजलाई बुधबार एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरेको छ । सेञ्चुरी बैंक धुलिखेल शाखाका प्रमुख दीपक ढुङ्गाना, बनेपा शाखाका प्रमुख अनिष थापा, पनौती शाखाका प्रमुख नवीन माकजू लगायतले उज्यालो महिला समाजकी अध्यक्ष रुकमणि सिग्देल तिमल्सिनालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । सेञ्चुरी बैैंकको काभ्रेमा सातवटा शाखा रहेका छन् ।
सोही अवसरमा बेथानचोक जेसिसले पनि उक्त संस्थालाई कम्प्युटर टेबुल हस्तान्तरण गरेको थियो । बेथानचोक जेसिसका अध्यक्ष हरिकृष्ण दाहालले समाजकी अध्यक्ष सिग्देललाई कम्प्युटर टेबुल हस्तान्तरण गर्नुभएको हो । उज्यालो समाजले शिक्षा र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।









