संगीता रानामगर/पनौती
पनौती नगरपालिकाले बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम सुरु गरेको छ । सोहि कार्यक्रम अन्तर्गत आज खोपासी स्थित श्रीराम माध्यामिक विद्यालय तथा पनौतीमा रहेको इन्द्रेश्वर माध्यामिक विद्यालयमा विभिन्न विद्यालयका विद्यार्थीलाई बाल विवाह गर्दा हुने बेफाइदा र बाल विवाह रोक्नका लागि खेल्न सक्ने भुमिकाका बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाकी उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । श्रीराम माविमा भएको कार्यक्रममा बाल आदर्श मावि, कमलादेवी जनप्रिय मावि, शारदा मावि सहित ४ विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उप–प्रमुख बञ्जाराले आफुहरु नगरपालिकालाई बालमैत्री बनाउने अभियानमा लागेकाले सबैको सहयोगमा छिट्टै यो अभियान सफल हुने विश्वास व्यक्त गरिन् । बालविवाहका कारण शारिरक, मानसिक समस्याहरुमा वृद्धि हुनुका साथै लैंगिक हिंसाका घटना समेत बढेको उनको भनाई थियो । उनले बालअधिकारको संरक्षण, बाल सहभागिता वृद्धि, बाल विवाह न्युनीकरण तथा दुव्र्यसनबाट जोगाउन हरेक विद्यालयमा छुट्टै कक्षाको आवश्यकता रहेकोमा समेत उप–प्रमुख बञ्जाराको जोड छ । इमेल इन्टरनेटका कारण विद्यार्थीले धेरै ज्ञान हासिल गर्न सक्ने बनाएको भन्दै प्रविधिको सहि प्रयोग गर्न उनको आग्रह छ । प्रशिक्षार्थी पत्रकार









