पनौती/अघिल्लो वर्ष २०७६ चैत्र ३ गते पनौती बसपार्कमा टिपरको ठक्करबाट निधन भएका जुनिमायाँ र स्मारिकाको सम्झनामा पनौतीमा जुनी एण्ड स्मारिका क्रियशन प्रालिले स्मृति ग्रन्थ प्रकाशन गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार राजकुमार गोलेको बहिनी र भान्जीको बारेमा चर्चा गरिएको थियो ।
उक्त घटना पछिको परिस्थति निर्माण र भएका सहमतिहरुले दुर्घटना न्युनिकरणमा महत्वपूर्ण सहयोग भएको अध्यक्ष तिमल्सिनाले बताए । सोहि मिति देखि राति मात्रै टिपर संचालन गर्ने नीतिगत निर्णय गरिएको छ । त्यस्तै दुर्घटना भए लगत्तै आफन्तहरुले रकम बार्गेनिङ्ग गर्ने तर दोषिलाई कारवाहीको माग नगर्ने परिपाटीको पनि सोहि घटनाबाट न्यूनिकरण भएको छ । पीडितका आफन्तहरुले दुर्घटनामा क्षतिपुर्ति नमागी चालकलाई कारवाहीको माग गरे पछि चालक अहिले जेलमा छन् ।
कार्यक्रममा नेताहरु इन्द्रबहादुर थिङ्ग, पेमा लामा, पीडितका काका रहर लामा, क्रियशनका अध्यक्ष इन्द्रबहादुर थापा, पत्रकार इकमान लामा लगायतले दुर्घटना न्यूनिकरण र पीडितका आफन्तहरुको पीडाका सन्र्दभमा धारणा राखेका थिए ।









