2026 April 23/ 10:00: 01pm

नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा महिलाहरुका लागि लक्षित गर्दै स्कुटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ । 
नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उक्त तालिमको उद्घाटन गरेका छन् । नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमममा नगर प्रमुख तिमल्सिनाले स्कुटर सिकेपछि लाइसेन्स प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने प्रतिबद्धता जनाए  । महिला सशक्तिकरणमा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको भन्दै उनले ११ वटा वडामै सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । नगरपालिकाले महिलाका लागि लक्षित गर्दै सीपमूलक तालिम, लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरेको जानकारी दिँदै उनले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन नगरपालिका क्रियाशिल रहेको बताए । 
तालिममा नगरपालिकाका महिला जनप्रतिनिधि र महिला संस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको छ । तालिम यही चैत १६ गतेसम्म सञ्चालन हुने नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।