पत्रकार केशवराजलाई संयोजक चुन्यो
बनेपा/अनलाइन पत्रकारितालाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने उदेश्यका साथ जिल्लाका अनलाइनकर्मीहरुको अन्र्तक्रिया ससहितको भेला बनेपामा सम्पन्न भएको छ । भेलाले पत्रकार केशवराज पौडेलको संयोजकत्वमा कमिटी गठन गरेको छ । उक्त समितिले विभिन्न कार्य गर्ने भेलाले अनुमति प्रदान गरेको छ ।
काभ्रे जिल्ला आधार मानेर सञ्चालन भएका सबै अनलाइन तथा सञ्चारसँग सम्बन्धित सबै संघ संस्थाका व्यक्तिहरुसँग छलफल गरिएको थियो । छलफलमा अनलाइन पत्रकारितालाई व्यवसायिक ढंगले अगाडी बढाउन नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सिनाले दिएका थिए । तिमल्सिनाले श्रमजीवि पत्रकारहरुको हितका लागि लगानीकर्ता र श्रमजीवीहरु सँगै बस्नु पर्ने बताउनु भयो । अनलाइन पत्रकारिताका सन्र्दभमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, प्रेस चौतारी नेपाल काभ्रेका संयोजक भुवन रायमाझी, फोटो पत्रकार महासंघ बागमती प्रदेशका संयोजक केशवराज पौडेल, प्रेस संगठन काभ्रेका संयोजक सन्तोष चौलागाई, टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी लगायतले सल्लाह सुझाव दिएका थिए । उक्त कार्यक्रमको अध्यक्षता मणिराम दाहालले गरेका थिए भने कार्यक्रम सञ्चालन सुरज श्रेष्ठले गरेका थिए ।
भेलाले अनलाइनहरुलाई समन्वय र सहजीकरण गर्नका लागि केशवराज पौडेलको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिले एक महिनाभित्र प्रारम्भिक भेला सम्पन्न गर्ने निर्णय गरेको छ । ११ सदस्यीय समितिमा सुरज श्रेष्ठ, मणिराम दाहाल, अशोक महत, विकास तिमल्सिना, रामप्रसाद ढकाल, पुरुषोत्तम ढकाल, ज्योती श्रेष्ठ, जानुका खदाल, इन्द्र बहादुर थापा, चित्र तामाङ रहेका छन् ।









